
काठमाडौँ । ६ वर्षअघि रिलिज भएको ‘भिजिट भिसामा’ गीत अहिले राजनीतिक विवादसँग जोडिएर भाइरल भएको छ । घरेलु राजनीतिमा यतिबेला ‘भिजिट भिसा’ प्रकरण चर्किएको छ । यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय नै संलग्न रहेको बताउँदै विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध जारी राखेका छन् ।
राजनीतिमा भिजिट भिसाको मामिला चर्किएपछि अहिले यो गीतमा टिकटक र रिल्स बनाउनेको संख्या पनि बढेको छ । धेरैले यो गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् । यो गीतलाई राजनीतिक मुद्दासँग जोडेर भाइरल बनाइएको छ । जसले गर्दा, युट्युबमा यो गीतको भ्यूज पनि ह्वात्तै बढेको छ ।
यसैसाता मात्र यो गीतको भ्यूज ४ करोड १० लाख नाघेको छ । भिजिट भिसा प्रकरण चर्किएसँगै यसको प्रभाव गीतको भ्यूजमा देखिन्छ । जसले गर्दा भ्यूज संख्या नै ४ करोड नाघेको हो ।