
काठमाडौं । दिनेश उदय र निर्मला देवी बस्नेतको आवाजमा ‘तारेमाम’ सार्वजनिक भएको छ । ४ दिनअघि सार्वजनिक भएको यस गीतले राम्रो प्रतिक्रिया पईरहेको छ। गीतमा अभिनेता पल शाह र नायिका नारायणी खत्रीको केमेस्ट्रिले दर्शकको मन जितेको छ। भिडियोमा पल शाह र नारायणी खत्रीलाई नेवारी पोशाकमा प्रस्तुत गरिएको छ।
नेत्र अर्यालको शब्द रहेको यस गीतको निर्माता पृथ्वी इन्टरटेन्मेन्टका सञ्चालक पृथ्वी थकाली हुन्। भिडियो निर्देशन मौषम हिमालीले गरेका छन् । यस गीतले नेपाली लोक संस्कृतिको संरक्षण गरेको छ।