वर्षा राउतले दिईन् गुड न्युज

...

काठमाडौँ। नायिका वर्षा राउतलाई लिएर गुड न्युज आएको छ। ‘जन्ते बाख्रो’ चलचित्रको प्रिमियर सो मा श्रीमान् को साथमा पुगेकी वर्षाले फिल्मको खुलेरै तारिफ गारिन्। र अब आफ्नै होम प्रोडक्सनमा नयाँ चलचित्र निर्माण गर्ने तयारीमा रहेको उनले खुलाएकि छिन्।

‘नाई न भन्नु ल ४’ बाट सिनेमामा डेब्यु गरेकी वर्षाले दर्जनौ सफल चलचित्रमा कम गरिसकेकी छन्। अब भने उनि फिल्म निर्माणमा जुट्ने तयारीमा छिन्। उनका श्रीमान् र ससुरा समेत सिने क्षेत्रमै आवद्द व्यक्ति हुन्।

पछिल्लो समय नायिकाहरुले धमाधम फिल्म निर्माणमा हात हालिरहेका छन्। निता ढुंगाना, केकी अधिकारी ले त २ -२ वटा चलचित्रको निर्माण इजाजत समेत लीइसकेका छन्। यसैक्रममा वर्षा पनि थपिने भएकी छिन्।