
काठमाडौं । गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ । फिल्मका निर्देशक टंक बुढाथोकीका अनुसार २८ दिनको तालिकामा फिल्मको सुटिङ सकिएको हो । फिल्मको काठमाडौं, मुस्ताङ र पोखरामा सुटिङ गरियो ।
निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ तर मिति तोकिएको छैन । फिल्ममा अशोक दर्जीको साथमा सरोज खनाल, निता ढुंगाना, रमेश बिश्वकर्मा, बुद्धि तामाङ, रबिन्द्र झा, भोला सापकोटा, रमेश बुढाथोकी, बिना राउत, रक्षा श्रेष्ठ, सन्तोष पन्त, रमेश थपलिया लगायतको अभिनय रहेको छ ।
फिल्मको छायांकन नवराज उप्रेती र सौरभ लामाले गरेका हुन् भने निर्माता बिष्णु माया मैनाली रहेकी छिन् । यस्तै कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । फिल्ममा कथा र संगीत पनि टंक बुढाथोकी कै रहेको छ ।