प्रकाश सपूत र दयाहाङ राईले पहिलो पटक सहकार्य गर्दै

...

काठमाडौँ । अर्को नयाँ चलचित्र ‘मिरमिरे’ मा गायक तथा अभिनेता प्रकाश सपूत जोडिएका छन्। निर्माण टिमले अभिनेता प्रकाश सपुतसँग लिखित सम्झौता गरेको हो। फिल्ममा यसअघि अभिनेता दयाहाङ राई भित्रिसकेका छन्। ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन्।

यार्सा फिल्मस्को प्रस्तुति रहने फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माताका रूपमा छन्। फिल्म २०८२ मै प्रदर्शन गर्ने टिमको तयारी छ।