अभिनेत्री दीया पुनले चढिन् युरोपको सबैभन्दा अग्लो हिमाल

...

काठमाडौँ । हिमाल आरोहणकी सौखिन अभिनेत्री दीया पुनले  युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको पनि सफलतापूर्वक आरोहण गरेकी छन् । उनी मंगलबार नेपाली समयअनुसार बिहान ११ बजे समुन्द्री सतहबाट ५,६४२ मिटर उचाइमा रहेको उक्त हिमालको चुचुरोमा पुगेकी हुन् । त्यहाँ उनले नेपालको झण्डा फहराएकि छन् ।

बेलायतमा बस्दै आएकी दीया पेशाले नर्स समेत हुन् । उनले जागिरको कमाइ र फिल्मबाट पाउने पारिश्रमिक बचत गरेर हिमाल आरोहण गर्दै आइरहेकी छन् । ‘वीर विक्रम’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी उनले ‘मिस्टर झोले’, ‘दयारानी’, ‘अन्तिम संस्कार’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । उनको नयाँ फिल्म ‘एक्लो’ प्रदर्शनको पर्खाइमा छ ।

७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियानमा निस्किएकी दीयाले यसअघि सगरमाथा, अफ्रिकाको अग्लो माउन्ट किलिमन्जरो, दक्षिण अमेरिकाको अग्लो अकोनकागा हिमाल चढीसकेकी छन् ।