माधव केसी र मेनुका माझी फिचर्ड ‘अजम्बरी माया’को सार्वजनिक

...

काठमाडौँ। लोकप्रिय गायक शिव परियारको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘अजम्बरी माया’को सार्वजनिक भएको छ । नवल नेपालको निर्देशनमा तयार गरिएको यो म्युजिक भिडियोमा कलाकार माधव केसी ,मेनुका माझी र गणेश गहतराज फिचर्ड छन् ।

अजम्बरी माया गीतको शब्द डा. राजु बाबु श्रेष्ठले लेखेका हुन् भने अनिश श्रेष्ठले संगीत भरेका छन् । एरेञ्जरमा आमोस तामाङ छन् भने भिडियो छायांकन मदन कश्यप घिमिरेले गरेका छन् । गित ओएसआर युट्युब च्यानल मार्फत केहिसमय अघि सार्वजनिक गरिएको छ । गीतमा

फुल पनि झरिजाने रैछ,ज्यान पनि त मरिजाने रैछ…
रुप पनि फेरिजाने रैछ, वास्ना पनि त उडिजाने रैछ..
अजम्बरी भन्नु त तिम्रो मेरो प्रेम कहानी ….लगायतका प्रेम भावका शब्द समेटिएको छ। गीतको भिडियोमा ग्रामिण परिवेशको मायाप्रेमको कथा देखाउन खोजिएको छ।