
काठमाडौं। गायक शुनिल दवाडी र गायिका प्रेक्षा लम्सालको निकै सुमधुर आवाजमा सजिएको ‘मागी हेरौं आज’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। यस गीतमा शिवराज गौतमले संगीत भरेका छन् भने गीतको शब्द सुर्य मरहट्ठाले लेखेका हुन् ।
यो गीतलाई शुनिल दवाडी युट्युव च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो। गीतको भिडियोमा नायक सन्तोष बानियाँ र अनिता गिरीलाई देख्न सकिन्छ। गीत निकै प्रेमिल बनेको छ।
कसको माया कति लाग्छ मागी हेरौ आज, बराबरी भयो भने भागि हेरौ आज
मैले तिम्रो तिमीले मेरो लागि हेरौ आज ...लगायतका शब्द समेटिएको छ। गीतमा प्रेमी र प्रेमिका बीचको प्रेमिल मनोभाव साटिएको छ।