
काठमाडौँ । बलिउड अभिनेता प्रदीप रावत अर्को नेपाली चलचित्र ‘आ बाट आमा’मा अनुबन्धित भएका छन् । चन्द्र पन्तको निर्देशन रहने यस चलचित्रमा उनी अनुबन्धित भएका हुन् । यो चलचित्रमा पल शाहको बुबाको भूमिकामा उनि देखिने निर्माण स्रोतले बताएको छ।
अभिनेता रावतले ‘ह्रस्व दीर्घ’मा अभिनेत्री निता ढुङ्गानाको बुबाको भूमिका निर्वाह गरेका थिए । जुन क्यारेक्टरलाई दर्शकले मन पनि पराएका थिए । चलचित्रमा यसअघि बिपना थापा, पल शाह अनुबन्धित भइसकेका छन् ।
चलचित्र आगामी फागुन १५ गते प्रदर्शनमा आउने बताइएको छ ।