एलओडी विरुद्ध उजुरी

...

काठमाडौं ।  संगीत रोयल्टी संकलन समाजले काठमाडौंका दुई निजी संस्थाविरुद्ध औपचारिक उजुरी दर्ता गरेको छ। संगीत रोयल्टी संकलन समाजको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले इन्द्रेणी बैंक्वेट प्रालि (बानेश्वर) र लर्ड अफ द ड्रिङ्क्स (एलओडी), ठमेल विरुद्ध शुक्रबार जिल्ला प्रहरी परिसर, भद्रकालीमा मुद्दा दर्ता गरेको हो ।

यी संस्थाले सार्वजनिक रूपमा गीतसंगीत प्रयोग गरेर पनि रोयल्टी नतिरेकाले मुद्दा दर्ता गरिएको स्रोतले बताएको छ।  यो उजुरीले अब यस्ता कानुन उल्लङ्घन गर्ने अन्य संस्थाहरूविरुद्ध पनि कारबाहीको ढोका खोलेको छ ।

१८ वर्षपहिला स्थापना भएको संगीत रोयल्टी संकलन समाजले सार्वजनिक रूपमा बजाइने गीतसंगीतको रोयल्टी संकलन गरी सर्जकलाई वितरण गर्दै आएको छ।