रमेश उप्रेती भन्छन्, देशलाई राजा चाहिन्छ

...

काठमाडौँ । अभिनेता रमेश उप्रेती राजाको पक्षमा बोलिरहेका हुन्छन्। हालसालै पनि उनले एक अन्तर्वार्तामा राजाको विषयमा आफ्नो अभिव्यक्ति दिएका छन्। उनि भन्छन् म राजतन्त्र ल्याउनुपर्छ भन्ने पक्षमा छैन तर देशमा राजा चै चाहिन्छ। राजा ज्ञानेन्द्र शाह कति शालीन हुनहुन्छ उहालाई त विश्वले नोबेल पुरस्कार दिनुपर्छ। न कुनै नेता, मन्त्री अथवा पार्टीको विषयमा एक शब्द बोल्नुहुन्छ, न कसैलाई नराम्रो भन्नुहुन्छ, न केहि टिकाटिप्पणी गर्नुहुन्छ जसले जति नराम्रो भनेपनि सधै मौन बस्नुहुन्छ।

राजा भनेको देशको अभिभावक भएको कारणले राजा फर्काउन आवश्यक रहेको उनको आशय छ। एक दशक भन्दा बढी अमेरिका बसेर नेपाल फर्किएका रमेश सिनेनगरीमा पुन: सक्रिय बनिरहेका छन्। पछिल्लो समय उनले धमाधम नयाँ चलचित्रहरुका लागि सम्झौता गरिरहेका छन्। साथै उनको दोस्रो विवाहको समाचारहरु पनि बाहिरिरहेका छन्।

साथै राजा ज्ञानेन्द्रलाई पुर्व राजा भनेर सम्बोधन गर्नु गलत भएको उनको तर्क छ। पुर्व राजा भन्नलाई त उहाको स्थानमा अर्को नयाँ राजा आएको हुनुपर्छ। तर राजा ज्ञानेन्द्रको स्थान अरु कसैले ओगटेको छैन यसकारण पुर्व राजा भनेर भन्न नमिल्ने उनि सुनाउछन्।