
काठमाडौँ। गायक सुमन केसी र गायिका दिपा लामाको सुमधुर आवाजमा ‘वरदान हो माया’ सार्वजनिक भएको छ। ४ दिन अघि आवाज मोसन पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो आधुनिक गीतमा गोविन बलामी र सामारिका ढकालको प्रेमिल अभिनय देख्न सकिन्छ।
किशोर पोख्रेलको शब्द रचना, रमेश अन्जान कडारियाको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने बुद्ध लामा र उनको टिमले छायांकन गरेको छ।
योगले जुराको वरदान हो माया,दुई मुटुको संगम हो माया..
सृष्टिको सुन्दर रचनाहरुमा इश्वरको अनुपम कृपा हो माया..
बाचौला संगै मरौला संगै छाडेर प्रेमका निशानिहरु... लगायतका शब्द समेटिएको यो गित मायाप्रेमका भावहरु समेटेर बनाईएको छ भने गीतको भिडियो पनि निकै प्रेमिल बनेको छ। भिडियोमा समारिका र सुमनको प्रेमभाव देख्न सकिन्छ।