
काठमाडौं । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ को यतिबेला अडिसन भइरहेको छ । काठमाडौंको ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा बिगत ५ दिनदेखी फिजिकल अडिसन भइरहेको छ । आयोजक एमएस प्रोडक्सन नेपालका अनुसार अहिलेसम्म झण्डै ३० जनाको अडिसन भइसकेको र अबको केहिदिनसम्म अडिसन जारी रहनेछ ।
फेस अफ नेपाल २०२५ का लागी प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरिएको छ । प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन । त्यसैले पनि अडिसनमा आउनेहरु उत्साहित देखिएका छन् र संख्यात्मक हिसाबमा अडिसनमा धेरै सहभागी भइरहेका छन् । यो बर्षबाट जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन् ।
फेस अफ नेपाल की नेशनल डिरेक्टर मेनुका माझीले उचाईका कारण मात्रै आफूमा भएको अन्य ट्यालेन्टलाई मर्न नदिन फेस अफ नेपालमा यसपटकबाट उचाईको मापदण्ड हटाइएको जानकारी गराएकी छिन् । उनले उमेरमा भने १६ वर्ष भन्दा र ३० वर्षसम्मकाले सहभागीता जनाउन सक्ने जानकारी दिइन् । फेस अफ नेपालका बिजेताहरुले कोरियामा हुने प्रतियोगीतामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् ।