फिल्म मोहरको ‘चाहिँदैन मोहर पर्दैन सुकी’गीत सार्वजनिक

...

काठमाडौँ । पल शाह र निती शाहको मुख्य अभिनय रहेको फिल्म ‘मोहर’को शिर्ष गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गदै सार्वजनिक चाहिदैन मोहर पर्दैन सुकी बोलको गीतको भिडिओमा फिल्ममा मुख्य कलाकारद्धय पल शाह र निती शाहले अभिनय गरेका छन् ।

साउनको २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको उक्त सार्वजनिक गीतमा शरद हुमागाँई र विशाखा शाहीको स्वर छ । रोमान्टिक गीतमा प्रमोद ढुंगानाको शब्द छ भने सुरेश अधिकारीको संगीत छ । चुम्बन जंग शाही फिल्मका निर्माता हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई फिल्म मेकर्स प्रा।लिको व्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । यो गीतलाई भने रामजीले कोरियोग्राफी गरेका हुन् । रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले यो फिल्मको वितरण गर्नेछन् । समिर मियाको भीएफएक्स रहेको फिल्ममा सत्यम रानाको सीजीआई, लक्ष्मण राज पौडेलको प्रोडक्सन डिजाइन छ । रोशन जंग शाही फिल्मका लाइन प्रोड्यूसर हुन् ।