
काठमाडौँ । चलचित्र ‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार चलचित्रको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
ऋषि लामिछाने निर्देशित यस चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ ।
यो फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा र बाबुल गिरीको सङ्गीत छ ।