
काठमाडौँ। पछिल्लो एक वर्षयता पूजा शर्मा सुस्ताएकी छन्। उनले कुनै पनि नयाँ काम साईन् गरेकी छैनन्। गत वर्ष असार ७ मा रिलिज भएको ‘दान्भी’ र भदौ २१ मा रिलिज भएको ‘रावायण’ सोचेअनरुप नचलेपछी उनको चर्चा सेलाउन थालेको हो । त्यसपछि उनले रेखा थापाको ‘उपहार’ चलचित्रमा पनि काम गरिन् तर उक्त चलचित्र पनि सोचेअनुरुप सफल हुन् सकेन। यसपश्चात पूजा निस्क्रिय देखिन्छिन्।
केहिदिनअघि मिडियामा देखिएकी उनले आफुलाई मिडियामा बाट टाढा राख्ने प्रयास गरेको मिडियामा बोल्न मन नलागेको बताएकी छन्। उनले आफु चलचित्र निर्माणको तयारीमा रहेको पनि खुलाएकि छन् ।चलचित्रक्षेत्र बाहेक पूजा व्यवसायमा पनि संलग्न छिन्।
साथै उनले अहिले कलकारहरुले लिएको पारिश्रमिकको विषयमा बोल्दै सबैभन्दा पहिला निर्माता जोगाउन आवश्यक रहेको मत राखेकी छन्। आफुले काम गरेको चलचित्र सोचेअनुरुप नचलेपछि उनले सम्झौता गरेको पारिश्रमिक पनि पुरा नलिएको सुनाएकी छन्।