
काठमाडौँ। असारको ७ गतेदेखि रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ । सोही हस्ताक्षर अभियानमा धेरै कलकारहरु सहभागी भईरहेका छन्। कलकार मात्रै होईन रवीको पक्षमा पत्रकार, आम सर्वसाधरण देखी प्रहरी सम्मले समर्थन जनाईरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अहिले भैरहवा कारागारमा छन् । उच्च अदालत तुलसीपुर (बुटवल इजलास)को आदेशलाई सर्वोच्च अदालतले सदर गरेर रविलाई थुनामुक्त गर्न अस्वीकार गरिसकेको छ । त्यहीकारण उनी अहिले कारागारमा छन्।
यसैक्रममा रविमाथि प्रतिशोध साधिएको भन्दै कलाकारहरुको जम्बो टोलीनै उनको पक्षमा हस्ताक्षर गर्न पुगेको छ। आज लोकगायक खेम सेन्चुरी,रंग पत्रकार प्रकाश सुवेदी,किरण केसी,अग्रज कलाकार रामचन्द्र अधिकारी,खगेन्द्र लामिछाने,कृष्ण मल्ल लगायतका कलाकारहरु एकसाथ पुगेर हस्ताक्षर गरेका छन्।
रविको पक्षमा हस्ताक्षर गरेपछि खेम सेन्चुरीले भनेका छन्,म रविजिको कामबाट प्रभावित भएर एक प्रसंशकको हिसाबले स्वतन्त्र रुपमा उहालाई साथ दिन आएको हो। यस्तै यसभन्दा अघि अभिनेता विपिन कार्की,रमेश उप्रेती लगायत अन्य थुप्रै व्यक्तिहरुले रविको पक्षमा हस्ताक्षर गरिसकेका छन्।