काठमाडौँ। चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा चलचित्रका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ । लुक्स सार्वजनिक भएसंगै दर्शकको कौतूहलता पनि बढेको छ।
प्रदीप शाहीको निर्देशनमा बनेको यो चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायत बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने छ ।
हाल फिल्मको पोस्ट–प्रोडक्सन कार्य लण्डनमा जारी छ भने यसलाई क्रिसमस अवसर पारेर आगामी पुस महिनामा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ ।







२३ असार २०८२, सोमबार ०९:४६ 








