म्युजीक भिडियोमा ब्यस्त निरेन चलचित्र निर्माण तिर

...

माघ, काठमाडौं । बिगत एकदशक देखी म्युजीक भिडियो निर्माण, निर्देशन तथा अभिनयमा सक्रिए निरेन श्रेष्ठ यतिखेर चलचित्र निर्माणमा जुटेका छन् । दर्जनौं म्युजीक भिडियोमा अभिनय तथा कैयौं म्युजीक भिडियो निर्माण गरीसकेका निरेन यतिखेर दर्शकको माग अनुरुपको चलचित्र निर्माणमा जुटेका हुन् । उनले निर्माण गरेको कमेडी चलचित्र ‘थ्रि मंकिज’ यहि माघ २८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

nireen shrestha
म्युजीक भिडियोको बिशेष गरी कोरियोग्राफिमा अब्बल रहेका निरेनले बिगत लामो समयदेखी राजधानीको माछापोखरीमा ज्योती फिल्मस् प्रा.ली. समेत सञ्चालन गर्दै आएका छन् । उनले अहिले पनि सयौं बिद्यार्थीहरुलाई नृत्य क्लास दिइरहेका छन् ।


निरेनको निर्माण र भाईराम श्रेष्ठको निर्देशनमा तयार भएको थ्रि मंकिज चलचित्र पछिल्लो समयका दर्शकहरुका माग अनुरुप बनाएको बताएका छन् । मैले धेरै म्युजीक भिडियोहरु निर्देशन तथा निर्माण गरेँ, दर्शकहरुको माग अनुरुप चलचित्र निर्माणमा पनि जुटेको छु, हेरौं दर्शकले कत्तिको मन पराईदिनुहुन्छ ।, निरेनले आर्टिस्ट खबरसँग कुरागर्दै भने ।


उनले निर्माण गरेको चलचित्रमा रेशम फिरिरि, सरोज केसी, दिलिप तामांग र सरिना बयलकोटीको मुख्य भुमिका रहेको छ ।