काठमाडौँ। चलचित्र ‘रिमै’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका शीर्ष कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतलाई चित्रण गरिएको छ । टिजरले कथावस्तुबारे विस्तृत खुलाएको त छैन तर, यसको मनोविज्ञान र सारलाई भने संकेत गरेको छ ।
गाउँकी गुरुङ युवती धनरुपालाई विवाह गरेर विदेशिएको लाहुरे गाउँ फर्किएको सन्दर्भ यसमा छ । दयाहाङले लाहुरेको भूमिका निर्वाह गरेका छन् । यो फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । माथिल्लो गोरखामा छायांकन गरिएको फिल्मले ग्रामीण सौन्दर्यलाई चित्रण गरेको छ ।
‘कबड्डी’ श्रृंखलामा रुचाइएको दयाहाङ र रिश्माको जोडीले यो फिल्ममा पनि जोडी बाँधेका छन् । गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिम्ल्स प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो । ‘रिमै’ भदौ २० गतेदेखि प्रदर्शन तयारीमा छ ।







६ श्रावण २०८२, मंगलवार १६:१५ 








