पशुपति प्रसादको टिमले बनाएको ‘धनपति’ असार २३ गतेदेखि हेर्न पाइने

...

माघ, काठमाडौं । चलचित्र ‘धनपति’ टिमले रिलिज मिति घोषणा गरेको छ । चलचित्र टिमले आउँदो बर्ष २०७४ को असार २३ गतेलाई रिलिज मिति तय गरेको हो । २०७२ सालको हिट चलचित्र ‘पशुपतिप्रसाद’ टिमले नै बनाउन लागेको ‘धनपति’ फ्लोरमा जानु पुर्व नै चलचित्र युनिटले प्रेस विज्ञप्ती जारी गर्दै रिलिज मिति घोषणा गरिएको हो ।

dhanapati film unit
खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भूमिका रहने यस चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । सार्वजनिक विज्ञप्तीमा माघ २७ गतेबाट चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा कथा, पटकथा तथा संवाद खगेन्द्रकै छ । रजना नापित र समिर देवकोटा चलचित्रका सह–निर्माता हुन् । चलचित्रमा खगेन्द्र र सुरक्षाको साथमा मनिष निरौला, आशान्त शर्मा, सुरवी बर्तौला, रवि गिरी, हरिहर शर्मा, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहनेछ ।