‘जलाकी’को दुई पोस्टर सार्वजनिक

...

काठमाडौं । चलचित्र ‘जलाकी’को दुई पोस्टर समेत रिलिज गरिएको छ । सोमबार यो सिनेमाबाट अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर समेत रिलिज गरिएको हो ।

त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् ।

‘जलाकी’मा पनि उपासनाको मुख्य भूमिका रहनेछ । उनले यो सिनेमामा अभिनेता धिरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन् । ‘खुस्मा’मा पनि उनको जोडी धिरज मगरसँग नै बाँधिएको थियो । त्यसैले पनि यो जोडीको ‘जलाकी’ दर्शकको प्रतीक्षामा रहने देखिन्छ ।