काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले पशुपतिको महायज्ञमा पुगेर २५ हजार एक रुपैयाँ सहयोग गरेका छन्। ‘माग्ने राजा’ चलचित्रको प्रचारका लागि पशुपति पुगेका उनले व्यक्तिगतरुपमा २५ हजार १ रुपैयाँ दिएका हुन् ।
केदार घिमिरे ‘माग्ने बुढा’सँगै अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिनालगायत त्यहाँ पुगेर ‘माग्ने राजा’को प्रवर्धन गरेका छन्।
मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो । यो महायज्ञ ५२ दिनसम्म चल्नेछ।
।







१९ श्रावण २०८२, सोमबार १५:०५ 








