पल र आँचलको ‘जोनी जेन्टलम्यान’ को छायांकन सकियो

...

माघ, काठमाडौं । चलचित्र ‘जोनी जेन्टलम्यान’ को छायांकन सकिएको छ । शुक्रबार राजधानीको एक बारमा प्रमोशनल गीत खिच्दै चलचित्रको छायांकन सकिएको घोषणा गरिएको हो ।

johny-gentalman achal and palनायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको यस चलचित्र छायांकन शुरु भएको भएको ६० दिनमा सकिएको निर्देशक नितिन चन्दने बताए । बिहिबार राजधानीमा ईन्डक्ल्याप गरिएको थियो । सिनको सबै सुटिङ भने काठमाण्डौंमा गरिएको निर्देशक चन्दको भनाई छ ।


अनलाईन एडिट गरिएको ‘जोनी जेन्टलम्यान’ लाई आउँदो बर्षको जेठ महिनामा प्रदर्शनमा ल्याउने उनको योजना छ । एन्ड्रियु पौडेलको लगानी रहेको फिल्ममा सञ्जु शाह सह लगानीकर्ताको रुपमा रहेकी छन् भने क्यामेरा रुपेश थापाको छ । फिल्ममा संगीत हर्कुलस बस्नेत र स्वचित शाक्यले दिएका छन् ।


कार्यक्रममा पल र आँचलको प्रेमको कुरा पनि चलेको थियो । पल र आँचलको प्रेमसम्बन्धको चर्चा चलिरहेको छ नि केहो तपाईहरु नै भन्दिनुस भनेर उद्घोष भएपछि उनीहरुले आँफुहरु साथी मात्र भएको बताएका थिए । साथै आँचलले प्रेमसम्बन्ध छ भन्दै आएको हल्लाले आँफुलाई अझै फाईदा भएको र आफ्नो फ्यानहरु बढेको बताएकी थिइन् ।


रोमान्टिक एक्सन स्टोरी भन्ने फिल्म ‘जोनी जेन्टलम्यान’ मा पल र आँचलसँगै लक्ष्मी भूषाल, रवि गिरी, सन्तोष गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘नाईं नभन्नू ल ४’ पछि पल र आँचलको फिल्म सुटिङ भएको हो ।