काठमाडौँ। अभिनेता बिजय बराल अभिनित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले युनिभर्सल सर्टिफिकेट ‘यू सर्टिफिकेट’ पाएको छ। सेन्सर बोर्डले आज यो चलचित्र सबै वर्गका दर्शकले हेर्न मिल्ने बताउँदै युनिभर्सल सर्टिफिकेट दिएको हो ।
चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली अभिनीत, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।
ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल मुख्य भूमिकामा रहेको यो दोश्रो चलचित्र हो ।








३ भाद्र २०८२, मंगलवार १७:०७ 








