अर्को गिरान्चौर एकीकृत बस्ती बनाउन आफ्नो पारिश्रमिक उपलव्ध गराउने सिइओ पोखरेलको घोषणा

...

माघ, सिन्धुपाल्चोक । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ प्राध्यापक डा. गोविन्दराज पोखरेलले एकीकृत बस्ती पुननिर्माणमा देखिएका नीतिगत समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ । सामुदायिक पुनर्निर्माण पर्यटन प्रर्वदन परियोजनाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ गिरानचौरमा शुरु गर्न लागेको एकीकृत नमुना बस्ती निर्माणको बुधवार शिलान्यास गर्दै प्राधिकरणका सिइओ पोखरेलले सामुदायिक एकीकृत बस्ती बनाउने संकल्पलाई पुरा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । गाँउ बस्तीमा बस्ने र सिहदरवारमा बस्नेको सहकार्यमै एकीकृत बस्ती निर्माणको अभियानलाई सफल पार्नुपर्ने भन्दै पोखरेलले प्रक्रियागत समस्यालाई प्राधिकरणले जतिसक्दो छिटो सम्वोधन गर्ने उल्लेख गर्नुभयो । एकीकृत बस्तीका लागी आवश्यक पर्ने पानी, बिजुली, स्वास्थ्य सेवा शिक्षा लगायतका सुविधालाई समेत सरकारले उपलव्ध गराउने बिषयमा गृहकार्य गरिरहेको पोखरेलले बताउनुभयो ।

giraunchau bastiएकीकृत बस्ती मात्र निर्माण गरेर पुग्दैन, पोखरेलले भन्नुभयो, स्थानियको जिविकोपार्जनलाई पनि सरकारले ध्यान दिनुपर्छ त्यसका लागी सामाजिक, आर्थिक र भौतिक पुननिर्माणमा बिशेष जोड दिन जरुरी छ ।


कार्यक्रममा पोखरेलले गिरानचौरमा शिलान्यास गर्नुभएको एकीकृत बस्ती निर्माणका लागी आफ्नो एक साताको पारिश्रमिक समेत उपलव्ध गराउने घोषणा गर्नुभयो । पोखरेलले ग्रामीण क्षेत्रमा घर निर्माणका लागी दक्ष प्राविधिकको अभाव भएकाले प्राधिकरणले सुरक्षा निकायलाई तालिम दिएर गाँउमा पठाउने तयारी स्वरुप दुई सय जना नेपाली सेनाका कालीगढलाई काठमाण्डौमा प्रशिक्षक प्रशिक्षण तालिम दिन शुरु गरिएको बताउनुभयो ।

उहाँले केन्द्रबाट खटिएकाइन्जिनियरहरुले ग्रामीण क्षेत्रमा पर्याप्त काम गर्न नसकेको गुनासो आएकाले सम्बन्धित नगरपालिकालाई नै इन्जिनियरको दरबन्दी उपलव्ध गराउने गरि आवश्यक निर्णय गरिने जानकारी दिनुभयो । भूकम्पपछि पुननिर्माणका लागि सरकारले उपलब्ध गराएको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँमा २० हजार थप गरेर गिरानचौरका समुदायले नै बस्ती निर्माण प्रक्रिया शुरु गरेका हुन् । एकीकृत बस्तीमा एक सय ५० वटा घर निर्माण हुने छ ।


६ कोठा भएको डेढ तले घर अपांगमैत्री बनाइने योजना छ । सो एकीकृत बस्ती यसअघि कलाकारद्धय धुर्मुस–सुन्तली फाउण्डेसनको पहलमा तयार भएको गिरानचौर एकीकृत बस्ती नजिकै रहेको छ ।