एउटै किताबमा आठ कविका कविता

...

<p><b>फागुन, काठमाडौं ।</b> आठ कविहरुको कविता रहेको संयुक्त कवितासंग्रह ‘एकात्म’ सार्वजनिक गरिएको छ । एक कार्यक्रममा बिच रंगकर्मी राजन खतिवडा, लेखक केशव सिग्देल र पुस्तकसम्बन्धि छलफल चलाउने संस्था ‘बुकाहोलिक्स’ की संयोजक सगुना शाहसहित स्रग्रहका कविहरूलेसंयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन् ।</p><p>पूर्व सङ्खुवासभा, उदयपुरदेखि पश्चिम चितवन, दोलखा, दाङ र रोल्पासम्मका कविका कविता संग्रहमा संगृहित छन् । ‘सम्यक किनारा’ संस्थाको पहलमा कवि सिजन श्रेष्ठले पुस्तकको सम्पादन गरेका हुन ्। उज्वल ढुङ्गाना, कुशल सुमन, विष्णु सन्यास, बुद्घि कट्टेल, नवीन अभिलाषी, पार्थक्य ‘हृदय’, सिजन श्रेष्ठ र प्रसन्न घिमिरेका कविता संग्रहमाथि अतिथि वक्ताहरुसँग विमर्श गरिएको थियो ।</p><p>रंगकर्मी राजन खतिवडाले नाटकमा पनि कविताको प्रयोग हुने बताउँदै संग्रहभित्रका कवितामा नाटकीय तत्व पाइने बताए। ‘नाटकमा अभिनय गर्ने, निर्देशन गर्ने र लेख्नेले कविता ग्रहण गर्नुपर्छ,’ राजनले भने, ‘यस कृतिका थुप्रै कविता नाटकीयता देख्न सकिन्छ ।’&nbsp;</p>