लामो समयपछि यम बरालको ‘मन भमरा’ सार्वजनिक

फागुन, काठमाडौं । गायक यब बरालले आफ्नो नयाँ एल्बम सार्वजनिक गरेका छन् । लामो समय समय यमले मन भमरा नामक गितीसंग्रह सार्वजनिक गरेका हुन् ।

सोमबार दरबारमार्ग स्थित अन्नपुर्ण होटलमा एक कार्यक्रममा उपराष्ट्रपती नन्द बहादुर पुन, बरालकी आमा कृतिमाया बराल लगायतले एल्बम सामुहिक बिमोचन गरेका थिए । बिगत केही बर्षयता अमेरिका रहँदै आएका गायक बरालको यो एघारौं एल्बम हो । अहिलेसम्म करिब एकहजार बढि गीत गाइसकेका यमले अब अमेरकिा नबस्ने र नेपालमै रहने जनाएका छन् ।

एल्बम भित्र मरी लानु क्या छ, सप्तरंगी इन्द्रेणी, भुइको माया, सारंगीको धुनमा, पिउंदै नपिंउने मान्छे, जीन्दगी भारीलाई लगायत दश गीत समाबेस गरिएको छ । जसमा दिपक शर्मा, शान्तिराम राई, गणेश पराजुली, आलोक श्री, बिमल डाँगी, किरण श्रेष्ठलगायतको संगीत रहेको छ ।

कार्यक्रममा यमबरालले बादलुको घुम्टोले इलाम बजार छोपिदा, निस्ठुरीले छाडेर गईहाली जस्ता केही गीत समेत गायका थिए ।