यो सिनेमा की ‘रिमै’ अर्थात् अभिनेत्री रिश्मा गुरुङ आफ्नो समुदायमा छोरी सबैभन्दा केन्द्रमा हुने बताउँछिन् । ‘अरु समुदायमा बाबु वा आमाको मृत्यु हुँदा अन्तिम संस्कार गर्न छोरा चाहिन्छ, छोरी नभए पनि हुन्छ,’ रिश्मा भन्छिन्, ‘तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ । छोरी नभएसम्म घरबाट लास उठाउँनै मिल्दैन । त्यसैले गुरुङ जातिमा छोराभन्दा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिने उनले बताइन् । गुरुङ समुदायको कथामा बनेको बलियो सिनेमा भएकैले आफूले यसमा काम गरेको रिश्माले बताइन् । रिश्मा गुरुङ भाषाकै सिनेमाबाट मेनस्ट्रिममा आएकी कलाकार हुन् ।
दायहाङ विस्तारै विभिन्न समुदायका कथाहरू सिनेमामा आउन थालेको बताए । विभिन्न जाति र भूगोलका कथाले नै नेपाली सिनेमालाई समृद्ध बनाउँदै जाने भन्दै उनले भने, ‘रिमैले नेपाली सिनेमामा एउटा आयाम लिएर आएको छ । किन भने यसअघि गुरुङ भाषामा त गुरुङका कथामा सिनेमा बनेका छन् । तर, नेपाली भाषामा मेनस्ट्रिममा यस्ता गुरुङको कथामा सिनेमा बनेका छैनन् ।’ गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् । सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।







१५ भाद्र २०८२, आईतवार १७:२० 








