मेरो गाउँ -ठाउँकै मान्छेहरूले आगो लगाइदिए – अंश बर्मा

...

काठमाडौं। टिकटक स्टार अंश बर्माको कीर्तिपुरस्थित ५० लाख रुपैयाँ लगानीमा बनेको ‘चिया बगान कीर्तिपुर’ रेस्टुरेन्ट आगजानी र लुटपाटमा पूर्णरूपले नष्ट भएको छ। ‘चिया बगान’ खोलेको ४ दीनमै ध्वस्त भएपछि उनी भन्छन्, ‘जेनजी ले होइन मेरै गाउँ-ठाउँका मान्छेहरूले, आफ्नै मान्छेहरूले मेरो व्यवसाय खरानी बनाईदीनुभयो । मैले केही गर्छु भन्दा देख्न सक्नुभएन । अघिल्लो दीन यही मेरैमा आएर चिया खाएर गएका व्यक्तिहरूले भोलीपल्ट यही आगो लगाउन आउनुभयो । मसँग आगो लगाउने सबैको फोटो छ ।’

५० लाखको लगानी लगाएर केही दिनअघि मात्रै उनले रेस्टुरेन्टको ओपनीङ गरेका थिए । ‘चिया बगान कीर्तिपुर’ नामक उक्त रेस्टुरेन्ट गतसातादेखि संचालनमा आएको थियो । कीर्तिपुरको हनुमानघाटस्थित उक्त रेस्टुरेन्ट सबै जलेको छ भने सामान पनि लुटपाट भएको छ । उनले  ३० जनाभन्दा धेरैलाई रोजगारी  दिएका थिए