असार, काठमाडौं । भुकम्पबाट प्रभावित टेलिभिजन कर्मिहरुलाई आज राहत बितरण गरिएको छ । टेलिभिजन कलाकर्मी मञ्चको आयोजनामा आज राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा एक कार्यक्रम गरी टेलिभिजनमा कार्यरत कलाकार, मोडल, टेक्निसियल एवं मेकपम्यान लगायतलाई राहत बितरण गरीएको थियो ।
‘टेलिभिजन कलाकर्मी मञ्च कि अध्यक्ष दिपा श्री निरौलाले कार्यक्रममा बोल्दै, भुकम्प पिडितको सहयोगका लागि कार्यक्रमको समन्वय गर्न पाँउदा निकै खुशी लगेको छ र धेरै ठुलो सहयोग गर्न नसकेपछि घाउँमा मलम सम्म लगाउने कोसिस गरेको बताएकी थिइन् । सहयोग पाउनेमा मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’, कुमार श्रेष्ठ ‘फसिलाल’, रुपक रम्तेल, ठाकुर खतिवडा, रविन भट्ट, राधा श्रेष्ठ, रेश्मा तिम्सिना, सचित खड्का, सन्देश लामिछाने ‘बटारे’,यादव सिपाडोले, राजन थापा, गणेश खड्का, बाबुराम बोहोरा, मनोज आचार्य, रविन्द्र खड्का, अजु डंगोल लगायत छन् । कलाकार अनुराग मान सिंह कुवरले सबै जनालाई दश दश हजार रुपैयाँ सहयोग गरेका थिए । साथै एल. जी. ग्रुप हङ्गकङ्गका तर्फबाट एक जनालाई एक बन्डल जस्ता पाता बाडियो भने बाँकी सबैलाई सोही बराबरको नगद छ हजार पाँच सय प्रदान गरियो ।
त्यस्तै भुटनिज कम्युनिटी अफ सिनसिन्याटीको तर्फबाट नेपाल प्रतिनिधी हाँस्यब्यंग्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले काभ्रेपलाञ्चोकको श्री रत्नचुडेश्वर मावि टुकुचालाई एक लाख एक हजार नगद प्रदान गरे । स्कुलका तर्फबाट प्रधानाध्यपक सुरेन्द्र गिरीलाई सो रकम हस्तान्तरण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिभिजनका अध्यक्ष तथा बरिष्ठ कलाकार नीर शाह त्यस्तै बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद थापाले पनि आगामि दिनहरुमा पनि यस्तै कार्य गर्दै जाने कुरा जानकारी दिएका थिए ।
photo by arjoon kr






१३ असार २०७२, आईतवार ०७:५७ 













