काठमाडौँ। आजबाट नयाँ नेपाली फिल्म ‘परान’ प्रदर्शनमा आएको छ । दीपक प्रसाद आचार्य ‘काकु’को डेब्यू निर्देशनमा बनेको यो फिल्मले सार्वजनिक प्रदर्शनमा आउँदै गर्दा देशभर उत्साहजनक शो पाएको छ ।
फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन् ।
हिजो बिहीवार साँझ आयोजित प्रीमियर शोमा सेलिब्रिटी दर्शकको उच्च प्रसंशा पाएको थियो ।







१४ कार्तिक २०८२, शुक्रबार १०:३३ 








