काठमाडौं । नेपाली फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट स् पीआर’ ले बुधबार सामाखुसीस्थित क्यूएफएक्स सिटी स्क्वायर हलमा आफ्नो भव्य प्रिमियर गरी दर्शक तथा कलाकारबाट प्रशंसाको वर्षा बटुल्यो।
निर्देशक शोभित बस्नेत नेतृत्वको टोलीसँगै मुख्य कलाकार सुरज पौडेल र विनिता कार्कीको उपस्थिति रहेको प्रिमियरमा चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरूको भीड जमेको थियो। रेखा थापा, दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, जयकिशन बस्नेत, सविन श्रेष्ठ र देविका बन्दनालगायतले फिल्मलाई उत्कृष्ट प्रस्तुति भन्दै बधाई दिए।


प्रिमियरपछि अभिनेत्री रेखा थापाले फिल्मको निर्माण स्तर र नव कलाकारको सहज अभिनय मन परेको बताइन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले “निर्देशन, अभिनय र कथासबै पक्ष सशक्त रहेको” भन्दै फिल्म हेर्न दर्शकलाई प्रेरित गरे।
अभिनेता सलिनमान बनियाले पनि सुरज र विनिताको डेब्यू प्रदर्शन प्रशंसनीय रहेको प्रतिक्रिया जनाउँदै आगामी यात्रामा सफलता शुभकामना दिए।
निर्देशक बस्नेत भने हल बाहिर कलाकारमाथि देखिएको दर्शकको उत्साहले आफूलाई भावुक बनाएको बताए— “हिरो–हिरोइनसँग फोटो खिच्न गरिएको भिड हेर्दा सफलताको अनुभूति भयो,” उनले भने।
अभिनेत्री रेजिना उप्रेती केही दृश्यले आफूलाई आत्मसात् गराएको बताउँदै विदेशमा नेपाली युवक युवतीले बेहोरिने संघर्ष फिल्ममा अत्यन्त प्रामाणिक तरिकाले प्रस्तुत गरिएको उल्लेख गरिन्।
नेपाली विद्यार्थीले अस्ट्रेलियामा स्थायी आवासीय अनुमति ९एच्० प्राप्त गर्न झेल्ने चुनौतीको कथामा आधारित यो फिल्म नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको हो।
कुल १२८ मिनेट रनटाइम रहेको ड्रामा जनराको फिल्म आउँदो शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा सार्वजनिक हुँदैछ।









२५ मंसिर २०८२, बिहीबार १४:२४ 








