‘राम नाम सत्य’को ट्रेलर टेन्डिङमा, फिल्म चैत १७ बाट

...

काठमाडौँ । यो नयाँ बर्षमा एउटा एक्शन फिल्म आउँदैछ । अभिनेता बिराज भट्ट, शुशिल श्रेष्ठ, सुनिल थापा, नायिका दिव्या रायमाझी, सुपुस्पा भट्ट लगायतको मुख्य अभिनय छ । साथै टिकटकमा निकै चर्चामा रहेका नवनायक आयुष सिंह ठकुरीले पनि यसै फिल्मबाट डेब्यु गरेका छन् । त्यो फिल्म हो ‘राम नाम सत्य’ ।

यो फिल्म यहि चैतको २७ गतेबाट रिलिज हुँदैछ । यो बर्षको अन्त्य र २०८३ सालको सुरुवातमा यो फिल्म हेर्दा मज्जा आउने देखिन्छ । किनकी बिहीबार सार्वजनिक गरिएको ट्रेलरले अहिले सामाजिक सन्जालमा उधुम मच्चाइरहेको छ । युट्युवमा मात्रै अपलोड गरिएको २४ घण्टा न नपुग्दै १० लाख भन्दा बढी पटक हेरिएको छ । यस्तै अन्य सामाजिक सन्जालमा पनि निकै हेरिएाके छ । बिशेषगरी यो फिल्म एक्शन फिल्म हो । पुरा अभिनेतामा एक्शन अभिनेता भनेर छबि बनाएका बिराज भट्ट र अहिलेका नयाँ अभिनेतामा एक्शन अभिनेता भनेर छबि बनाएका शुशिल श्रेष्ठ दुबैजना यो फिल्ममा छन् । उनीहरु दुबैजनाको भिडन्त फिल्मको ट्रेलरमा पनि देखिन्छ । फिल्मको मेकिङका कुनै कमि हुन दिइएको छैन ।

ट्रेलरमा आएका अधिकांश प्रतिक्रिया हेर्दा दमदार र उत्कृष्ट भनिएको छ । ट्रेलर अहिले युट्युवमा ट्रेडिंगमा उक्लिएको छ । नेपालको युट्युवको ट्रेडिंगको लिस्ट हेर्ने हो भने शुक्रबार दिउँसो सम्म आठौं नम्बरमा छ । फिल्ममा माइकल चन्दको कथा, पटकथा र लेखन छ । साथै माइकलले नै यो फिल्मलाई निर्देशन गरेका हुन् । सार्वजनिक भएको ट्रेलर हेर्दा विराज भट्टको दमदार एक्सन र संवाद त छदैछ ।

यस्तै नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीको प्रेम रहेको पनि बुझ्न सकिन्छ । साथै फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा उपेन्द्र शाही र स्वेता विमली लगायत ठुलो टिमले करोड माथीको लगानी गरेका छन् । यद्यपी कति करोड लाग्यो भन्ने बिषयमा खुलाइएको छैन । फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ ।

धागोले बाटेको बोलको चर्चित गीत यहि फिल्मको हो । उक्त गीतलाई बाबुल गिरीले बनाएका हुन् । फिल्म मानकृष्ण महर्जनको टिमले खिचेको हो भने अन्य प्राविधिक टिममा थुप्रै्र चर्चित ब्यक्तिहरु जोडिएका छन् । यो फिल्मको ट्रेलर ओएसआर युट्युवमा सार्वजनिक गरिएको छ ।