सुरु भयो तिजको चटारो, शंकर बिसीले थाले नाच्न र नचाउन 

...
teej song
असार, काठमाडौं । भदौ ३० गतेको तिजको लागि आजबाटै कलाकारहरुलाई चटारो शुरु भईसकेको छ । तिज आउन दुई महिना बाँकि रहँदानै कलाकारहरु तिज गित रेकर्ड र छायांकनमा व्यस्त हुन थालेका छन् ।
महिलाहरुको महान् पर्व तिजमा अत्यधिक नाच्ने र नचाउने मोडल तथा म्युजीक भिडियो निर्देशक शंकर बिसी पनि व्यस्त हुन सुरु गरेका छन् । गएको बर्षमात्रै ५० वटा तिजको गितमा काम गरेका शंकर अहिले पनि तिजमा राम्रो काम गर्ने बताएका छन् । साथै उनले तिज गितमा नाच्न र नचाउनका लागि अफर आउने क्रम बढेको बताए ।
तिजको बेलामा कार्यक्रम अत्यधिक हुने कारणले भने कलाकारहरुले तिजको तिज निकाल्ने गर्दछन् । कलाकारहरु तिजको गितबाटै मात्रै आम्दानी भन्दा पनि स्टेज कार्यक्रम बाट नै बढि आम्दानी गर्नेछन् । teej song 3