सुर्खेतमा तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

...

काठमाडौँ । सुर्खेतमा तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आज (वैशाख ११) देखि सुरु हुने भएको छ। ‘घूमौँ कर्णाली, हेरौँ कर्णाली’ नारासहित आयोजना हुने महोत्सवले कर्णालीका कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने लक्ष्य राखेको छ।

आयोजकका अनुसार उद्घाटन कार्यक्रम वीरेन्द्रनगरस्थित होटल शुभमा हुनेछ भने सोही दिन चलचित्र पर्यटन संवाद पनि आयोजना गरिनेछ। वैशाख १२ गते सल्यानको कुपिण्डे दहमा विशेष कार्यक्रम राखिएको छ।

महोत्सवका निर्देशक चक्र बहादुर चन्दले कर्णालीलाई अन्तर्राष्ट्रिय ‘सुटिङ हब’ बनाउने दीर्घकालीन योजना रहेको बताए। यस वर्ष उत्कृष्ट चलचित्र कथालाई १ लाख रुपैयाँ पुरस्कारसमेत प्रदान गरिने जनाइएको छ।