काठमाडौँ । अभिनेता रमित डुङ्गानालाई मातृशोक परेको छ । उनकी आमा ज्ञानु देवी ढुङ्गानाको आज (आइतबार) बिहान ५ बजे निधन भएको छ । लामो समयदेखी उपचार गराईरहेकी ८८ बर्षिय ज्ञानुको ललितपुरको सुमेरु सिटि अस्पतालमा आईतबार निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
ज्ञानुको पार्थिव शरिरलाई बिहान १० देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागी पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिनेछ ।





१३ बैशाख २०८३, आईतवार ०८:४० 










