काठमाडौँ । गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ । जसमा गीतकार रामेश्वर के.सी. का शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराईको एकल स्वर र संगीत रहेको छ ।
शनिबार नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा एल्बम लोकार्पण गरिएको हो। वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा लगायतका स्रष्टा तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा वक्ताहरूले गीतकार रामेश्वर के.सी. का शब्द र बबिना भट्टराईको गायन तथा संगीतको प्रशंसा गरेका थिए।
बबिना लामो समयदेखि गायिका र संगीतकारका रुपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छिन्। उनले आधुनिक ,गजल ,भजन ,लोक र बालगित गरेर थुप्रै गीतहरुमा संगीत र स्वर दिएकी छन्। कार्यक्रममा एल्बममा समावेश तीन वटा म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो। ‘आरम्भ’ एल्बममा समावेश पाँचवटै गीतका भिडियोहरू बबिना भट्टराई युटुब च्यानलमा हेर्न सकिने छ ।





२८ बैशाख २०८३, सोमबार १३:१६ 










