असार, काठमाडौं । एक खुट्टाले नाचेर लाखौं दर्शकको मन जितेकी कलाकार रोमा न्यौपानेले आफु बिरुद्ध आएका समाचारको खन्डन गर्दै आफु गलत नभएको बताएकि छन् । सोमबार दिउँसो सोह्रखुट्टे प्रहरीले उनलाई आफ्ना पति चिरन पोख्रेल सँग मिलेर करोडौंको ठगि गरेको आरोपमा सोधपुछका लागि लगेको थियो । साथै उनले आर्टिस्ट खबर सँगको कुराकानीमा प्रहरीले पक्राउ गरेको भन्ने समाचार प्रति प्रहरीले सोधपुछका लागि मात्र लगेको र पछि छोडिदिएको जानकारी गराएकि छिन् । रोमाले सोमबार नै युवा तथा खेलकुद मन्त्रालयबाट गतबर्ष भरी उत्कृष्ट काम गरेको भन्दै सम्मान दिएको थियो ।
फसाउनका लागि यस्तो गरीयो ।
मेरो श्रीमान र म मिलेर धेरै पहिलाबाट भ्याड नेपाल संस्था खोलेका थियौं । संस्था धेरै पहिलानै दर्ता भईसकेको छ । उक्त संस्थाबाट नै ठमेलमा रेष्टुरेन्ट पनि चलाउँदै आएका थियौं । त्यहाँ पनि हामीले अपांगता भएका चार जनालाई रोजगारी पनि दिएका थियौं ।
मेरो श्रीमानको व्यवसायमा भएको लेनदेनका कारण कोहिनुर रञ्जित बस्नेतले मलाई शारीरिक रुपमा आपङ्ग भएकै कारण बारम्बार मानसिक पिडा दिदै आएकी छन् । मैले देश विदेशमा एउटा खुट्टाको माध्यमबाट प्रस्तुत गरेको नृत्यले कमाएको पैसाले मेरो श्रीमानको व्यवसायलाई सहयोग गरेकी थिए । मेरो श्रीमान र कोहिनुरबिच भएको विवाद अदालतसम्म पुगि मेरो श्रीमानले मुद्दा पनि जितिसक्नुभएकोछ । विडम्बना । मसँग असम्बन्धित प्रसंङ्ग ल्याएर मेरो चरित्र हत्या गर्ने प्रयास गरियो ।
सरकारको सम्मान फिर्ता दिँदैछु ।
सोमबार मैले युवा तथा खेलकुद मन्त्रालयबाट गतबर्ष भरी उत्कृष्ट काम गरेको भन्दै मलाई सम्मान दिनुभएको छ । सरकारले मैले पाएको पुरस्कार फिर्ता मागेको छ । मैले आज (मंगलबार) नै उक्त सम्मान फिर्ता पनि गर्न चाहान्छु । यदि म त्यो पुरस्कारको लायक छैन भने । र म भन्छु गल्ति गरेपछि सजाय जसले पनि पाउनुपर्छ र मैले पनि । सरकार म तिमिले दिएको त्यो पुरस्कार भोली नै फिर्ता गर्नेछु । तर सरकार म निर्दोष प्रमाणित भए भने ? यो अपमान र यो पिडाको शोधभर्ना कसले गर्छ ? के मलाई कसैले आरोप लगाउने वित्तिकै सत्य तथ्य नै नवुझि गतल प्रमाणित गर्ने ?