अनमोलको ‘कृ’ को छायांकन अघिनै लगानी सुरक्षित

फागुन, काठमाडौं । नायक अनमोल केसीको मुख्य भूमिका रहने भनिएको चलचित्र ‘कृ’ ले छायांकन अगावै आफ्नो लगानी सुरक्षित गरेको छ । निर्माता सुवास गिरीका अनुसार चलचित्र १ करोड ६० लाखको बजेटमा निर्माण हुँदैछ तर छायांकनमा जानु अगाडि नै यसको ओभरसिज राइट्स र काठमाण्डौ बाहिरको ‘एमजी’बाट यसको लगानी सुरक्षित भएको हो ।

हाइलाइट्स नेपालले यसको डिजिटल र ओभरसिज राइट्स खरिद गरिसकेको छ भने काठमाण्डौ बाहिर पनि चलचित्रले महंगो रकम ‘एमजी’ पाएको छ ।

चलचित्रमा सुवास गिरी र नायक भूवन केसी निर्माताको रुपमा छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह–निर्माता हुन् । चलचित्रमा अनमोलसँगै नायिका अदिती वुढाथोकीले अभिनय गर्ने्छिन् । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

यसअघि आउँदो बर्षको भदौ १६ गतेबाट चलचित्र प्रदर्शन हुने भनिएता पनि प्रदर्शन मिति एकसाता पछि सारीएको छ । अब यो चलचित्र आउँदो बर्षको भदौ ९ गतेबाट रिलिज हुने भएको छ ।