‘आईएम जितबहादुर’ नचलेपछि जितु नेपालको दुःख: ‘साढे ७ को दशा रहेछ’

...

काठमाडौं । अभिनेता जितु नेपालले आफ्नो चलचित्रआईएम जितबहादुरअपेक्षाअनुसार सफल हुन नसकेपछि दुःख व्यक्त गरेका छन्। उनले चलचित्र नचल्नुमा आफ्नै केही कमजोरी र निर्णयलाई जिम्मेवार ठहर गरेका छन्।

जितुले सबैभन्दा ठूलो गल्ती चलचित्रको नाम चयनमा भएको बताए। उनका अनुसार धेरै दर्शकले आफ्नो नामसँग मिल्दोजुल्दो भएकाले यो चलचित्रलाई उनको बायोपिक ठाने।धेरैले मेरो नाममा फिल्म बनेको देखेर बायोपिक होला भन्ने बुझ्नुभयो। त्यो नाम राख्दा गल्ती भयो,” उनले भने, “खासमा यो बायोपिक होइन, बायोपिक बनाउने बेला पनि भएको छैन।

उनले चलचित्रको गीतसंगीत पक्ष पनि कमजोर भएको स्वीकार गरे। साथै भारतबाट ल्याइएका निर्देशकलाई चलचित्र निर्देशनमै केन्द्रित गर्नुपर्नेमा वरिपरिका मानिसले अत्यधिक प्रशंसा र उक्साहट मात्र दिएको उनको भनाइ छ।

जितुले रिलिज समय पनि गलत भएको बताए।विश्वकप फुटबलको समयमा फिल्म रिलिज गर्नु हुँदैनथ्यो। तर वितरकले खासै फरक पर्दैन भन्नुभयो, हामीले पनि होला त नि भनेर लग्यौं,” उनले भने।

उनका अनुसार चलचित्रबाट धेरै ठूलो अपेक्षा नभए पनि कम्तीमा लगानी उठ्ने आशा थियो।पास भए पुग्छ भन्ने सोच थियो, अर्थात् लगानी मात्र उठे पुग्छ भन्ने,” उनले बताए। चलचित्रआईएम जितबहादुरअसार ५ गतेदेखि प्रदर्शनमा आएको हो। यसमा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।