१०० वर्षअघिको नेपाली समाजको कथा बोकेको ‘यो कथा होइन’ सिरिज घोषणा

...

काठमाडौं । नेपाली समाजको एक शताब्दीअघिको जीवन, सामाजिक संरचना र जातीय विभेदका यथार्थलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण गरिएको नयाँ टेलिसिरिजयो कथा होइनको औपचारिक घोषणा तथा प्रोमो सार्वजनिक गरिएको छ।

गत मंगलबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालको आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा विशेष समारोहबीच सिरिजको घोषणा र पहिलो प्रोमो सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाली कला तथा मनोरञ्जन क्षेत्रका अग्रज कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले नेपाली सिरिज क्षेत्रमा श्रीप्रसाद थापाको योगदानको प्रशंसा गर्दै उनले निर्माण गर्ने सामग्रीप्रति आफू सधैं आशावादी रहने बताए।नेपाली सिरिजको क्षेत्रमा श्रीप्रसाद थापा लोकप्रिय कलाकार हुन्। उनले गरेका काम उत्कृष्ट हुन्छन्।लाहुरेको करिम बोलगीतमार्फत पनि उहाँलाई धेरै दर्शकले चिन्छन्। यो सिरिज पनि पक्कै उत्कृष्ट बन्नेछ। मलाई यसको पहिलो भाग हेर्न आतुर लागेको छ। सम्पूर्ण टिमलाई धेरैधेरै शुभकामना,” उनले भने।

विशिष्ट अतिथि तथा सिरिजका प्रमुख कलाकार रवि गिरीले आफू पनि सिरिजको महत्वपूर्ण पात्र रहेको उल्लेख गर्दै निर्माण टोलीले निकै मेहनतका साथ काम गरेको बताए।हामीले धेरै मिहिनेत गरेका छौं। अहिले आइरहेका सिरिजभन्दा केही फरक स्वाद र प्रस्तुति दिने प्रयास गरेका छौं। दर्शकले यसलाई मन पराउनुहुनेछ भन्ने विश्वास छ,” उनले भने।

yo katha hoina serial

कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले आफ्नो संस्थाको आयोजनामा यस्तो सिर्जनात्मक कार्यक्रम गर्न पाउँदा गर्व लागेको बताए।श्रीप्रसाद थापा र रवि गिरीजस्ता अनुभवी तथा आदरणीय कलाकारहरू आबद्ध भएको सिरिजको घोषणा र प्रोमो सार्वजनिक गर्न पाउनु हाम्रो संस्थाका लागि गौरवको विषय हो। प्रोमोले नै नेपाली मौलिकता झल्काएको छ। नेपालीपन बोकेको उत्कृष्ट सिरिज बनेको अनुभूति भएको छ। सम्पूर्ण निर्माण टिमलाई सफलताको शुभकामना,” उनले व्यक्त गरे।

सिरिजका लेखक, निर्देशक तथा मुख्य अभिनेता श्रीप्रसाद थापाले धेरै समयपछि आफ्नै कथा लेखन र निर्देशनमा नयाँ सिर्जना लिएर आएको जानकारी दिए। उनका अनुसारयो कथा होइनकेवल मनोरञ्जनका लागि बनाइएको सिरिज नभई नेपाली समाजको इतिहास र यथार्थलाई उजागर गर्ने प्रयास हो।

yo katha hoina serial

धेरैपछि आफ्नै कथा लेखन र निर्देशनमा यो सिरिज ल्याएको हुँ।यो कथा होइनमा आजभन्दा करिब १०० वर्षअघिको नेपाली समाजको कथा समेटिएको छ। त्यो समयमा समाज कस्तो थियो, मानिसहरूको जीवनशैली कस्तो थियो, जातीय विभेद र सामाजिक विभाजन कसरी थियो भन्ने विषयलाई यथार्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौं। समाजका धेरै पक्षहरू यस सिरिजमा समेटिएका छन्,” थापाले बताए।

सिरिज आगामी साउन महिनादेखि प्रसारण हुने निर्माण पक्षले जनाएको छ।

सिरिजको कथा लेखन, निर्देशन तथा मुख्य अभिनय श्रीप्रसाद थापाले गरेका छन्। छायांकन सागर खड्का, घरश्याम पोखरेल, शिवशरण न्यौपाने र रोशन पौडेलले गरेका छन् भने भिडियो सम्पादन अशोक चौधरी र रोशन पौडेलको रहेको छ। सहनिर्देशन सन्देश लामिछाने र दीप्त प्रकाश अधिकारीले गरेका छन् भने निर्माण नियन्त्रकको जिम्मेवारी उज्ज्वल खड्काले सम्हालेका छन्।

yo katha hoina serial

सिरिजमा श्रीप्रसाद थापा, रवि गिरी, रोशनी सापकोटा, जानुका खड्का, दीपेन्द्र तिमल्सिना, शुशिला भट्टराई, मुकेश हमाल, आकृति न्यौपाने, लक्ष्मण चौलागाईं, मोति सुवेदी, गायत्री थापा, गान्दिप सुवेदी, नुशा लिङदेन, आरती बिक र ईशा सिंजालीको अभिनय रहेको छ। सिरिजको निर्माता कुमार भारती र गायत्री थापा हुन् ।

प्राविधिक टोलीमा लाइटतर्फ नवराज खड्का, कबिर सापकोटा र सन्तोष उराव रहेका छन् भने मेकअप गिताञ्जली योगीले गरेकी छन्। स्पोर्ट्सम्यानको जिम्मेवारी सन्तोष बराइली र अनिष बुढाथोकीले सम्हालेका छन्। भान्सा व्यवस्थापन कृष्णमाया न्यौपाने र यातायात व्यवस्थापन दावा मगरले गरेका छन्।

घोषणा कार्यक्रममा अभिनेता राजु पौडेल (राजु मास्टर), रामचन्द्र बोहरा, सरोज घिमिरे, तारा केसी, महेश थापा, सरु थापा तथा टेलिभिजन कलाकर्मी मञ्च नेपालका संस्थापक अध्यक्ष, कलाकार तथा अधिवक्ता कृष्ण ढुंगानालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रचारप्रसार विभाग प्रमुख गोपिकृष्ण चापागाईंले गरेका थिए।

yo katha hoina serial

१०० वर्षअघिको नेपाली समाज, त्यसबेलाको सामाजिक संरचना, विभेद र मौलिक जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण गरिएकोयो कथा होइनले नेपाली सिरिजमा फरक स्वाद र ऐतिहासिकसामाजिक आयाम थप्ने अपेक्षा गरिएको छ। सिरिज जिके इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत प्रसारण हुनेछ ।