<p><b>फागुन, काठमाडौं ।</b> बलिउडका चर्चित निर्देशक करण जौहर दुई बच्चाका बुबा बनेका छन् । उनले सरोगेसी (अर्कैको कोख) बाट जुम्ल्याहा बच्चाका रुपमा एक छोरा र एक छोरी पाएका हुन् । ति दुई सन्तानको नाम यश र रुही राखिएको बताइएको छ ।</p><p>भारतीय मिडियाका अनुसार करणले छोराको नाम आफ्ना पिता यश जौहर र छोरीको नाम आमा हिरु जौहरको नामबाट मिलाएर राखेका हुन् । ती बच्चाको जन्मदर्ता शुक्रबार भएको छ । </p><p>करनले बाबु बनेको खुशी व्यक्त गर्दैआफ्नो जीवनमा दुई सुन्दर पाहुनाको आगमनबारेमा साझा गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन्। उनले ती सन्तान आफ्ना जीन्दगीका आधार भएको पनि बताए । उनका ती दुई सन्तानको जन्म ७ फरवरीमा अंधेरीको मसरानी हस्पिटलमा भएको छ। करण अघि शाहरूख खान तथा तुषार कपुरले पनि सेरोगेसीबाट सन्तान जन्माइसकेका छन्।</p>