एलिना चौहान र कस्तुप पन्तको तीज गीत ‘खाली भयो जेब’ सार्वजनिक

...

काठमाडौँ । तीजको अवसर पारेर लोकप्रिय गायिका एलिना चौहान र वरिष्ठ सर्जक कस्तुप पन्तको नयाँ तीज गीतखाली भयो जेबसार्वजनिक गरिएको छ।

कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहानको मुख्य स्वर रहेको छ भने रामजी खाँणको पनि स्वर सुन्न सकिन्छ। रमेश सेन्चुरीको संगीत संयोजन, कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा खुमन राना र सुमन रानाले रेकर्ड गरेका हुन्।

गीतको भिडियोमा एलिना रायमाझी र पार्वती श्रेष्ठको अभिनय तथा नृत्य रहेको छ। **स्मृति तिमिल्सिनागुरुआमा’**को निर्देशनमा बनेको भिडियोमा करण चैसिरको छायांकन र बिनोद बमको सम्पादन रहेको छ।

महादेवसँग आफ्ना रहर पूरा गरिदिन प्रार्थना गर्ने युवतीको भाव समेटिएको गीत युट्युब, टिकटक, स्पोटिफाईलगायत विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।