‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ – सिजन २’ को स्यास सेरेमोनी सम्पन्न, २० प्रतियोगी ग्राण्ड फिनालेको दौडमा

...

काठमाडौं ।मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६सिजन २को स्यास सेरेमोनी भव्य रूपमा सम्पन्न भएको छ। सामरी इन्टरनेशनलको आयोजनामा तथा Bihe Sewaको पावर्डमा आयोजित कार्यक्रममा २० जना अन्तिम प्रतियोगीलाई औपचारिक रूपमा स्यास प्रदान गर्दै ग्राण्ड फिनालेको यात्रा सुरु गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सञ्चारकर्मी ऋषि धमलाले प्रतियोगीहरूलाई आत्मविश्वास, अनुशासन, मेहनत र सकारात्मक सोचमार्फत सफलता हासिल गर्न प्रेरित गरेका थिए। कार्यक्रममा सञ्जिता बराल र डेभिल सिंह विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

स्यास प्राप्त गरेसँगै प्रतियोगीहरूले अब व्यक्तित्व विकास, ग्रुमिङ, सार्वजनिक वक्तृत्वकला, क्याटवाक, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलगायत विभिन्न प्रशिक्षण तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहभागिता जनाउने आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन भावना चौलागाईंले गरेकी थिइन् भने प्रतियोगीहरूको प्रशिक्षण तथा स्टेज प्रस्तुतिको जिम्मेवारी रोजिन शाक्यले सम्हालेका थिए। सुशिला लामा र रेनुका मगर ड्रेस पार्टनर, Mandala Party Palace भेन्यु पार्टनर तथा Artist Khabar आधिकारिक मिडिया पार्टनर रहेका छन् ।

आयोजकका अनुसार प्रतियोगिताको ग्राण्ड फिनालेपछि विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। स्यास सेरेमोनीसँगै प्रतियोगीहरूको औपचारिक प्रशिक्षण पनि सुरु भएको छ।