अशोक दर्जी विवादपछि ‘पार्वती’को टिजर सार्वजनिक कार्यक्रम स्थगित

...

काठमाडौं । बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित पछिल्लो विवादलाई मध्यनजर गर्दै चलचित्रपार्वतीको टिजर सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ।

निर्माता नीता फिल्म्स प्रोडक्सन प्रा.लि.ले सोमबार सूचना जारी गर्दै आज आयोजना हुने भनिएकोपार्वतीको टिजर रिलिज तथा सार्वजनिक कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएको हो।

सूचनामा हाल अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै यस संवेदनशील समयमा चलचित्रको प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि सामग्री सार्वजनिक नगर्ने निर्णय गरिएको उल्लेख छ।

निर्माण कम्पनीले यो कठिन समयमा अशोक दर्जीलाई सबैको माया, साथ, सद्भाव र शुभेच्छाको आवश्यकता रहेको विश्वास व्यक्त गर्दै उनी छिट्टै यो परिस्थितिबाट बाहिर निस्केर नयाँ ऊर्जा र उत्साहका साथ अघि बढ्ने अपेक्षा पनि गरेको छ।

साथै, चलचित्रपार्वतीको टिजर सार्वजनिक गर्ने नयाँ मिति छिट्टै घोषणा गरिने जनाउँदै दर्शक तथा शुभेच्छुकको निरन्तर साथ, सहयोग र समझदारीप्रति निर्माण टिमले आभार व्यक्त गरेको छ।