शान्तिश्री र गणेशको दिल्लीको बसैमा दिपा र पुष्पालाई हुँईकाउने को ?

...

काठमाडौँ । मोडल दिपा विश्वकर्मा र पुष्पा थापालाई दिल्लीमा हुँईकाउने कुरा हुँदैछ । उनीहरु ‘मलाई हुँईकायो दिल्लीको बसैमा’ भन्दैछन् । खासमा उनीहरुलाई हुँईकाउने काम गरेका हुन्, प्रकाश शर्मा र रबिन्द्र सुनारले । यसरी बसमा हुँईकाउने काम एक तीजगीत भित्र भइरहेको छ ।

‘मलाई हुँईकायो दिल्लीको बसैमा’ बोलको गीत भित्रको कथा हो यो । यो गीतलाई शान्तिश्री परियार र गणेश अधिकारीले स्वर दिएका छन् । गीतमा शब्द र संगीत पनि गणेशकै रहेको छ । गीतको भिडियोमा भने दिपा विश्वकर्मा, पुष्पा थापासँगै प्रकाश शर्मा र रबिन्द्र सुनारको अभिनय रहेको छ । भिडियोलाई बिष्णु भट्टराईले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । खिच्ने र सम्पादन गर्ने काम पनि बिष्णुले नै गरेका हुन् ।

deepa bishwokarma

भिडियो नेपालको पश्चिमका बिभिन्न भाग देखी भारतसम्म खिचिएको छ । दिल्लीको बसमा हुँईकिएको भन्ने शब्द अनुसार भिडियोमा पनि आकर्षक दृृश्यहरु देखिन्छन् । भिडियो प्रकाश शर्मा युट्युव च्यानलमा हेर्न सकिन्छ ।