‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छनोट

...

काठमाडौं । नेपालकै प्रतिष्ठित मोडलिङ प्रतियोगितानोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६का लागि ४२ प्रतियोगी छनोट भएका छन्। विभिन्न चरणका अडिसनबाट २६ महिला र १६ पुरुष गरी ४२ जना प्रतियोगी फाइनल चरणमा पुगेका हुन्।

यो प्रतियोगिताको १०औं संस्करण हो। यस वर्ष Nothing Smartphone मुख्य प्रायोजक रहेकाले प्रतियोगितानोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६नामबाट आयोजना गरिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

छनोट भएका प्रतियोगीले अब एक महिनासम्म विशेष प्रशिक्षण लिनेछन्। प्रशिक्षणमा व्यक्तित्व विकास, फिटनेस, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका विभिन्न ग्रुमिङ कक्षा समावेश हुनेछन्।

नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नुका साथै आगामी सेप्टेम्बरमा कम्बोडियामा हुने Miss & Mister Celebrity International मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछन्।

उनले मोडलिङ क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न चाहने युवायुवतीलाई आवश्यक ज्ञान, सीप र अन्तर्राष्ट्रिय अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको बताए। पछिल्ला वर्षहरूमा प्रतियोगिताप्रति युवायुवतीको आकर्षण पनि उल्लेखनीय रूपमा बढेको उनको भनाइ छ।

प्रतियोगिताको ग्रान्ड फिनाले साउन ८ गते (जुलाई २४) आयोजना हुने आयोजकले जनाएको छ।