स्मार्टफोन विजनेस सुरु गर्ने तयारीमा सलमान खान

...

<p><b>फागुन, काठमाडौ। </b>बलिउड का सुल्तान सलमान खान अब व्यापारमा पनि संलग्न हुने भएका छन्। मिडियामा आएको समाचार अनुसार सलमान अहिले स्मार्टफोन विजनेस सुरु गर्ने योजना बनाउँदैछन्। दुई वर्ष अगाडिदेखिको मोबाइल बजार सुरु गर्ने इच्क्षा सलमानले अब पुरा गर्ने भएका छन्। </p><p>सलमानका कानुनी सल्लाहकर्ताकाअनुसार बिइङह्यूमनका ब्रान्ड मालिक सलमानले स्मार्टफोनका लागि बिइङस्मार्ट ट्रेडमार्क दर्ता &nbsp;पनि गराइसकेका छन् । उनले एन्ड्रोइडमा चल्ने &nbsp;चिनीया कम्पनी र प्रारम्भिक फोनको मोडल पनि छनोट गरिसकेका छन् ।बताइएअनुसार यि स्मार्ट फोनको मुल्य भारु २० हजारभन्दा कम &nbsp;हुनेछ्।मिडियाका अनुसार उनको यो स्मार्टफोन सुरुमा अनलाईन मार्फत बिक्री गरिनेछ्।सलमानले आफुले लन्च गर्न लागेको बिइङस्मार्ट फोनले अन्य कम्पनिका फोनहरुसँग कडा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको जनाइएको छ्। एजेन्सी</p><div><br></div>