ग्लोकल डाइनिङको प्रस्तुतीमा ओबिले ल्याए ‘नाँच फिलिली’

...

काठमाडौं । मोडल ओबि रायमाझीले नयाँ गीत ल्याएका छन् । ‘नाँच फिलिली’ बोलको गीतमा ओबि आफैले स्वर दिएका छन् । उनी हुन त मोडल हुन् तर उनले यो गीतलाई आफैले गाएका हुन् । उनीसँगै गायिका दिपिका बयम्बु मगरले स्वर दिएकी छिन् । गीतमा शब्द र संगीत पनि ओबिकै छ । संगीत संयोजन सुदिप सागरले गरेका छन् । मिक्सिङ गर्ने काम श्यामश्वेत रसाईलीले गरेका हुन् ।

गीतको भिडियोलाई अनामनगरको पुर्विगेट नजिक रहेको ग्लोकल डाइनिङ प्रस्तुत गरेको हुन् । बिशेषगरी थुप्रै कलाकार देखी सर्वसाधारणको रोजाईमा पर्दै आएको ग्लोकल डाइनिङले पहिलोपटक गीतमा सहकार्य गरेको हो । ग्लोकल डाइनिङका म्यानेजर जनक मदै पनि भिडियोमा ओबिसँगै देखिएका छन् । भिडियोमा ओबि, जनकसँगै मोडल सुरक्षा इटानीलाई देख्न सकिन्छ । भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन् । अजय रेग्मीले खिचेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् । सार्वजनिक डान्सिङ गीतको भिडियो ओबिकै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

मोडल तथा गायक ओबिले ग्लोकल डाइनिङसँगको सहकार्यमा आफूले गीत ल्याउन पाउँदा खुसी ब्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि सहकार्य जारी रहने बताएका छन् ।